रवि लामिछानेप्रति सरकारको व्यवहार अलोकतान्त्रिक र अमानवीय छः प्रचण्ड
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपा सभापति रवि लामिछानेमाथि सरकारको निरङ्कुश र प्रतिशोधपूर्ण व्यवहारको कडा आलोचना गरेका छन्। उनले यस्तो व्यवहारलाई अलोकतान्त्रिक र अमानवीय रहेको बताएका छन् ।
प्रचण्डले आफ्नो आधिकारिक फेसबुक पेजमा लेख्दै अदालतबाट दोषी ठहर नभएका लामिछाने अत्यधिक जनमतबाट निर्वाचित व्यक्ति भएको उल्लेख गरेका छन्। उनले सरकारको रवैयाप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल रोक्न आग्रह गरेका छन्।
उनले भने, “अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु। त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु।”
रवि लामिछानेमाथि पछिल्ला घटनाक्रममा भइरहेको राजनीतिक र कानूनी विवादले विभिन्न तहमा चर्चा पाएको छ। यसै सन्दर्भमा प्रचण्डको यो टिप्पणी थप महत्त्वपूर्ण मानिएको छ।