२५ पुस २०८१, बिहिबार

श्रीलंकाका लागि प्रस्तावित राजदुत नेपालीको संसदीय सुनुवाई शुरु

प्रकाशित मिति :  11 December, 2024 1:21 pm


काठमाडाैँ । श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदुत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाई सुरू भएको छ ।

बुधवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिमा श्रीलंकाका लागि प्रस्तावित राजदुत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाई गरेको हो । सरकारले पूर्णबहादुर नेपाली प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काको लागि नेपालको आवासीय राजदुत पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

समितिको बैठकमा बोल्दै समिति सभापति ईश्वरीदेवी न्यौपानेले प्रस्तावित राजदुत नेपालीको संसदीय प्रक्रिया शुरु भएको र विद्युतीय सञ्चारमाध्यममा प्रश्तावित राजदुतको नाम प्रकाशन गर्न समिति सचिवलाई निर्देशन दिइन् । उनले साथै प्रश्तावित राजदुत उपर उजुरी आह्वान गर्ने निर्णय भएको समेत बताइन् ।

नेपालको संविधानबमोजिम सङ्घीय संसद, संसदीय सुनुवाइ समितिबाट सुनुवाई सम्पन्न भएपश्चात राष्ट्रपतिले अनुमोदन गर्ने प्रचलन छ ।



प्रतिक्रिया दिनुहोस !