२६ मंसिर २०८१, बुधबार

बोर्डर छेउका नेपाली बजार सुक्दा राजश्व सङ्कलनमा कमी आयाेः अध्यक्ष यादव

प्रकाशित मिति :  11 December, 2024 6:05 pm


काठमाडाैँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भन्सारमा आर्थिक चलखेल बढी हुने भएकाले कर्मचारीहरू पनि भन्सारमा जान उत्साहित हुने गरेको बताएका छन् ।

बुधवार प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिमा भएको अर्थतन्त्र लगायतका विषयमा भएको छलफलमा उनले भन्सारका सरकारी कर्मचारीहरू जनतालाई सेवा भन्दा पनि आफ्नो लाभको लागि जाने गरेको बताएका हुन्।

उनले भन्सारमा पछिल्लो समय दैनिक उपभोग्य वस्तु एक किलो चिनी जनताले ल्याउँदा सास्ती भोग्नुपरेको बताए ।उनले भन्सारमा २५ वटा ट्रक सामान आउँदा २ वटाको भन्सार लिएर बाँकी सेटिङमा छाडिदिने गरेको बताए ।उनले भन्सारमा हुने चुहावटलाई सरकारले तत्काल रोक्नुपर्ने बताए ।

उनले ट्रक समान भन्सार चेक बिना पास हुने तर एक किलो चिनी ल्याउँदा प्रहरीले जनातालाई यातना दिइरहेको बताए । उनले यस्तो परम्पराले सरकारको राजश्व संकलन लक्ष्य पूरा हुन नसक्ने बताए ।



प्रतिक्रिया दिनुहोस !