१७ पुस २०८१, बुधबार

संविधानको रक्षा र लोकतान्त्रिक व्यवस्थाको सुदृढिकरण सरकारको मुख्य कार्यभार हाेः गृहमन्त्री

प्रकाशित मिति :  12 December, 2024 3:38 pm


काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण सरकारको मुख्य कार्यभार भएको बताएका छन् ।

बिहीवार काठमाडौँमा आयोजित शान्ती, सुरक्षा तथा विपद् व्यवस्थापनसम्बन्धी अन्तर प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री लेखकले संविधानलाई असफल बनउने छुट कसैलाई नभएको बताएका हुन् । उनले नेपालमा ६८ वर्षको अवधीमा सात वटा संविधान बनेको स्मरण गरउँदै संविधान धेरै बन्नु राजनीतिक अस्थिरताको अदारहण भएको बताए ।

उनले संविधानलाई असफल बनाउन संविधान विरोधी गतिविधिहरू गर्ने र वर्तमान व्यवस्थालाई असफल सावित गर्ने प्रयत्न हुने गरेको उल्लेख गर्दै त्यसका विरुद्ध कडा रुपले उभिन जरुरी रहेको बताए ।

उनले भोतिक विकास निर्माण र आर्थिक वृद्धि गर्न नसक्दा जनतामा केही असन्तुष्टि रहेपनि संविधानकै कारण मुलुकमा समृद्ध बन्न नसकेको भाष्य निर्माण गर्ने दुष्प्रयास भइरहेको बताए । उनले मुलुकमा साइबर अपराधका घटनाहरु बढिरहेको बताए ।उनले व्यक्तिगत चरित्रहत्या र समाजको शान्ती व्यवस्था खल्बल्याउने अपराधिक क्रियाकलापहरु बढेको उल्लेख गर्दै यसका विरुद्ध सरकार निर्मम ढंगले प्रस्तुत हुने बताए ।



प्रतिक्रिया दिनुहोस !