विश्वविद्यालय सञ्चालनमा मैले हस्तक्षेप गरेको छैनः प्रधानमन्त्री
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभूवन विश्वविद्यालय सञ्चालन गर्न आफूले हस्तक्षेप नगरेको बताएका छन् ।
बिहीवार त्रिभूवन विश्वविद्यालयको नीति अधिवेशनलाई सम्बोधन गर्दै उनले विश्वविद्यालय उपकुलपतिले नै सञ्चालन गर्ने भन्दै आफूले कुनै हस्तक्षेप नगरेको बताएका हुन् । उनले विश्वविद्यालयमा साँच्चिकै मेरिटोक्रेसी लागू गर्नुपर्ने बताए । स्वायत्त संस्थाले मेरिटोक्रेसी ल्याउँदा साँच्चैको मेरिटोक्रेसी हुनुपर्ने उनकाे भनाइ थियो । साना कुरामा नअल्झिकन विश्वविद्यालयलाई मजबुत बनाउनुपर्ने उनको भनाइ छ ।
“शिक्षा क्षेत्र मुक्त मनले चल्न पाउनुपर्छ । तर मुक्त मनले चल्दा, नियम, कानून र प्रक्रियाभित्र चल्नुपर्छ । त्रिभूवन विश्वविद्यालयको सर्वोच्च संस्था भनेको सिनेट नै हो । नीति, कार्यक्रम, बजेट यसैले पास गर्दछ । स्वायत्त संस्थाले मेरिटोक्रेसी ल्याउँदा साँच्चैको मेरिटोक्रेसी हुनुप¥यो । ड्रामा अफ मेरिटोक्रेसी होइन । साँच्चैको मेरिटोक्रेसी हुनुपर्छ,”उनले भने ।
प्रधानमन्त्री ओलीले विश्वविद्यालय अफ्ठ्यारोमा नपरोस् भन्नेकुरामा कुलपतिले ध्यान दिने पनि बताए । उनले पुस ७ गतेको विश्वविद्यालय सिनेटमा निमित्त डिनसहित उपस्थित हुन निर्देशन दिए । साथै विश्वविद्यालयले विश्वविद्यालयको नीति अधिवेशनबाट ११ बुँदे प्रश्ताव पास गरेको छ । सभामा पेश भएका १२ बुँदे प्रश्तावमध्ये ११ बुँदा पास भएका हुन् ।