८ पुस २०८१, सोमबार

नेपाली समाजको भोगाइ चित्रित टेलिसिरियल ‘मनको बाँध’ प्रशारण सुरू

प्रकाशित मिति :  13 December, 2024 9:55 am


काठमाडाैँ । नेपाली धाराबाहिक नाटक श्रृङखला मनको बाँध प्रशारण हुने भएको छ । फोकस पिक्चर्स प्रालिले निर्माण गरेको तथा प्रदीप खड्गीको निर्देशन रहेको धाराबाहिक नाटक श्रृङखला फोकस पिक्चर्स युट्यूब च्यानलमार्फत नियमित रूपमा प्रशारण आरम्भ भएको हो ।

नेपाली पारिवारिक परिवेशमा समर्पणभाव, फरक समाजभित्रको प्रेमकथा र मन भित्रको भावनालाई व्यक्त नगर्दा आइपर्ने समस्या र भोगाइ चित्रण गरिएको नाटक श्रृङखलाको पहिलो भाग २०८१ मंसीर २७ गते बिहीबार बेलुकी ७ः०० बजे देखि प्रशारण भएको छ ।

यसअघि निर्देशक खड्गीले नेपाली ऐतिहासिक कथाबस्तुमा आधारित चलचित्र कीर्तिपुर द लिजेन्ड अफ कीर्तिलक्ष्मी, थ्रिलर फिल्म अपीच्य, बहुभाषी नेपाली चलचित्र हिमआँधी लगायत निर्देशन गरिसकेका छन् । खड्गी अध्यक्ष रहेको फोकस पिक्चर्सको व्यानरमा थुप्रै म्यूजिक भिडियो, भिडियो डकुमेन्ट्री सार्वजनिक भइसकेका छन् ।

मनको बाँध धाराबाहिकका क्रियटिभ डाइरेक्टर सन्तोष के सी रहेका छन् भने कार्यकारी डाइरेक्टर आशिष शाही, प्रोड्युसर सन्नी शाही तथा सञ्चार संयोजकमा केके मानन्धररहेक छन् ।

दिवस खड्काको कथा रहेको यस धरवाहिकमा कलाकार श्रेया कर्माचार्य, दृष्टि थापा, सनिश शाक्य, प्रवीण बजगाईं, रवीन्द्र नेपाल, तृषला गुरुङ, विशेष भट्टराई, अविनेश श्रेष्ठ, मञ्जु श्रेष्ठ, कृष्ण भक्त महर्जन, लक्ष्मी कुमार महर्जन, राजेन्द्र महर्जनको अभिनय रहेको छ ।



प्रतिक्रिया दिनुहोस !