माओवादी केन्द्रिय समिति बैठक पुस २१ गतेदेखि
काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठकले स्थानीय तहको उपनिर्वाचनमा पार्टीले उत्साहजनक मत पाएको निस्कर्ष निकालेको छ ।
शुक्रवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको बैठकले जनताले एकचोटि फेरि माओवादी केन्द्रलाई साथ दिने मनशाय बनाएको सन्देश उपनिर्वाचनले दिएको निस्कर्ष निकालेको हो । स्थायी समिति बेठकका निर्णय सुनाउँदै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले संसदका दुई ठूला दल काँग्रेस र एमाले मिलेर जाने सोचलाई उपनिर्वाचनले खण्डित पारेको बताए ।
वर्तमान सरकार टं«कलाइनको महशुल उठाउनको लागि विद्युत प्राधिकरणले गरेको प्रयत्नमा अवरोध सिर्जना गर्ने, विश्वविद्यालयका नियुक्तिमा दबाब दिनेदेखि हरेक निकायहरुमा हस्तक्षेप तिब्र बढेको भन्दै पार्टीले आपत्ति जनाएको सापकोटाले बताए ।
उनकाअनुसार पुस २१ गतेदेखि पार्टीले केन्द्रिय समिति समेत बोलाएको छ । त्यसअगाडि पुस १७, १८, १९ र २० गते स्थायी समिति बैठक बोलाएको बस्ने उनले बताए । बैठकले पार्टीका तर्फबाट भएका कमिकमजोरहिरुको समिक्षा गर्ने र जनताको हितमा समर्पित हुँदै जनतासँगको सम्बन्धलाई सुदृढ बनाउने निर्णय समेत गरेको सापकोटाले बताए ।