नेपाली काँग्रेस जनतालाई अधिकार दिलाउने पहिलो पार्टी होः उपप्रधानमन्त्री सिंह
काठमाडाैँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली काँग्रेस जनतालाई अधिकार दिलाउने पहिलो पार्टी भएको बताएका छन् ।
आइतवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाली काँग्रेस नेपालमा इतिहास बोकेको पार्टी भएको बताएका हुन् । उनले इतिहास बोकेको पार्टीको महत्वको बारेमा ख्याल राखेर अघि बढ्न पार्टीका नेता/कार्यकर्तालाई निर्देशन दिए । उनले नेपाली काँग्रेसल जनतालाई अधिकार दिलाउन नेपालमा अग्रणी भुमिाका खेल्ने पार्टी भएको उल्लेख गर्दै अरू पार्टीको भन्दा जनताले बेग्लै किसिमले नेपाली काँग्रेसप्रति आशाको रुपमा हेर्ने गरेको बताए ।
“हामी नेपाली काँग्रेस पार्टीको क्रियाशिल सदस्य हो । क्रियाशिल सदस्य भएपछि नेपाली काँग्रेस पार्टी इतिहास बोकेको पार्टी हो । यो पार्टीको महत्वको बारेमा हामीले अलि ख्याल राख्नुपर्यो । जनतालाई अधिकार दिलाउन त्यो आइडिया नेपालमा बीजारोपण मात्रै होइन, बीजारोपण गरेर त्यसका लागि लडेको पार्टी भएर नेपाली काँग्रेस पाल्टिकली अधिकार दिलाउनमा अरू पार्टीको भन्दा जनताले बेग्लै किसिमले नेपाली काँग्रेसप्रति आशाको रूपमा हेर्छन् भन्नेकुरा बिर्सिनु हुँदैन,” उनले भने ।