३० मंसिर २०८१, आइतबार

किसानलाई समाजमा सम्मान र कदर गरौँः उपप्रधानमन्त्री सिंह

प्रकाशित मिति :  15 December, 2024 5:38 pm


काठमाडाैँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले परिश्रम गर्नेलाई  कदर गर्न जान्नुपर्ने बताएका छन् ।आइतवार काठमाडौँमा ज्यापु दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजमा परिश्रम गर्नेहरूलाई हेर्ने दृष्टिकोणमा परिवजर्तन जरुरी रहेको बताएका हुन् । उनले किसानलाई समाजमा सम्मान र कदर गर्न सक्नुपर्ने बताए ।

“हाम्रो समाजमा आजकाल अलि परिश्रम गर्नेलाई जुन एउटा कदर गर्नुपर्नेमा फिजिकल लेभर गर्नेहरुलाई तल्लो स्तरबाट हेर्ने नजर परिवर्तन गर्नुपर्छ । परिश्रम गर्नेहरुलाई कदर गरेन भने विकास निर्माण कसरी हुन्छ । त्यसकारण आजको यो ज्यापु दिवसमा खेतमा परिश्रम गरेर, उत्पादन गरेर खाद्यान्न दिन्छन्, किसानलाई सम्मान र कदर समाजमा दिनुपर्छ,” उनले भने ।

उपप्रधानमन्त्री सिंहले ज्यापु विकासका लागि स्थायी कोष बनाउन पहल गर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !