सुशासन कायम गर्ने सरकारको मुख्य लक्ष्य हाेः सञ्चारमन्त्री गुरुङ
काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन कायम गर्नेकुरा अहिलेको सरकारको मुख्य लक्ष्य रहेको बताएका छन् ।
सोमवार काठमाडौँमा द राइजिङ नेपालको ५९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुशासन कायम भएमात्रै राजनीतिक स्थिरता कायम हुने बताएका हुन् । उनले सरकारको स्थिरताका कायम हुँदै मात्रै विकास निर्माण सम्भव हुने बताए । उनले सुशासन कायम गर्नका लागि ठूला राजनीतिक दलहरू एकतावद्ध हुनुपर्ने र सोहीअनुसार अहिले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएको बताए ।
उनले पुँजीगत खर्च बढाउने कुरा सरकारले प्रमुख प्राथमिकतामा राखेको बताए ।उनले अहिलेको सरकारले जनताका माग सम्बोधन गर्नगरी कामहरु अघि बढाइरहेको बताए ।
“सुशासन कायम गर्नेकुरा अहिलेको सरकारको मुख्य लक्ष्य हो । सुशासन कायम भयो भने राजनीतिक स्थिरता पनि कायम हुन्छ, सरकारको स्थिरता पनि कायम हुन्छ । सरकारको स्थिरता कायम हुँदा राजनीतिमा राम्रो हुन्छ,”उनले भने ।