८ पुस २०८१, सोमबार

उपसभामुख रानाको आग्रहः नागरिकमा नकारात्मक प्रभाव पर्नेगरी समाचार संप्रेषण नगरौं

प्रकाशित मिति :  16 December, 2024 2:26 pm


काठमाडाैँ । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले नागरिकमा नकारात्मक पार्ने खालका समाचार संप्रेषण नगर्न सञ्चारजगतलाई आग्रह गरेकी छन् ।

सोमवार काठमाडौँमा आयोजित ‘संसदीय पत्रकारिता अवधारणा र अभ्यास’नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले राज्य सञ्चालनको लागि पत्रकारिताको महत्वपूर्ण भुमिका खेलेको उल्लेख गर्दै कसैले पनि राजनीतिक प्रभावमा परेर समाचार लेख्न नहुने बताएकी हुन् । संसदको गरिमा बढाउन संसदीय पत्रकारिताको महत्वपूर्ण भुमिका रहेको उनको भनाइ छ ।

“तपाईहरूले कस्तो सूचना दिँदा चाँही जनतालाई फरक पर्दैन त्यो कुरा याद गर्नुपर्दछ । हामीले यो राज्यलाई बचाउने र नागरिकलाई नकारात्मक प्रभाव नपर्नेगरि समाचारहरु संप्रेषण गर्नुपर्ने हुन्छ । राज्य संचालनका लागि पत्रकारिताको महत्वपूर्ण भुमिका रहेको छ । अहिले त डिजिटल प्रविधि पाँचौँ अंग पनि आईसक्यो । पत्रकाहरुले राजनीतिक प्रभावमा परेर काइते तरिकाले लेखेको पनि देखिन्छ  ।  त्यसैले यसरी नलेख्न आग्रह गर्दछौं । संसदको गरिमा बढाउनका लागि संसदीय पत्रकारिताको महत्वपूर्ण भुमिका रहन्छ,” उनले भनिन् ।

उनले वर्तमान व्यवस्था बचाउँदै मुलुकमा समृद्धि ल्याउनका लागि सबैले एकजुट भएर अगाडि बढ्न जरुरी रहेको बताइन् ।



प्रतिक्रिया दिनुहोस !