फाइनलमा पुग्न जनकपुरले सदुरपश्चिमलाई दियो १४० रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो ‘क्वालिफायर’ खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई एक सय ४० रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार (आज) टस जितेर पहिले ब्याटिङ गरेको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३९ रन बनाएको हो ।
यो खेलमा विजयी हुने टोली सिधै प्रतियोगिताको फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले भने फाइनल प्रवेशका लागि कर्णाली याक्ससँग दोस्रो ‘क्वालिफायर’ खेल खेल्नेछ ।
जनकपुरका लागि जिमी नीशमले २३ बल खेल्दै ३ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ४५ रन बनाए । शुभ कंसाकारले २४ बलमा २६ रन जोडे ।

बलिङमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ३, सैफ अली जैबले २ विकेट स्कट कुगेलेइन र अविनाश बोहराले समान १ विकेट लिए ।