७ पुस २०८१, आइतबार

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण गर्ने संस्था श्रम मन्त्रालय मातहत राख्नुपर्छः मन्त्री भण्डारी

प्रकाशित मिति :  18 December, 2024 4:33 pm


काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण गर्न एउटा छुट्टै संस्था स्थापना गरेर श्रम मन्त्रालय मातहत आवश्यकता रहेको बताएका छन् ।

मंगलवार अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्नको लागि कानूनले व्यवस्था गरेअनुसारको संस्था खोल्न सरकार लागिपरेको बताएका हुन् ।

उनले स्वास्थ्य मन्त्रालय मातहत रहेको कारण स्वस्थ्य परीक्षण गर्ने संस्थाहरुले बद्मासी गरेपनि श्रम मन्त्रालयले कारबाही गर्नसक्ने अवस्था नरहेको बताए । उनले वेदैशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थाहरुलाई मापदण्डमा ल्याउन सकेको अवस्थामा श्रमिकहरु डेथ ट्र्यापमा पर्ने गरेको बताए ।

उनले वैदेशिक रोजगारीको क्षेत्रमा रेहका समस्याहरुको समाधान गर्नको सरकार र रोजगारदाताहरुले चनाखो भएर लाग्नुपर्ने बताए । त्यस्तै, कार्यक्रममा बोल्दै संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष योगेन्द्र कुँवरले वैदेशिक रोजगारको क्षेत्रमा रेहका समस्याहरूको समाधान गर्नको लागि उपलब्ध ऐन र कानूनरुको सही कार्यान्वयन आवश्यक रहेको बताए । उनले ऐन र कानूनहरुको सही कार्यान्वयन नगरिँदा वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले दुख पाइरहेको बताए ।उनले सरकारलाई श्रम नीति र वैदेशिक रोजगारीसम्बन्धी ऐनको कार्यान्वयनको लागि दबाब दिनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !