लाभांश घोषणा गर्दै सर्वोत्तमले बोलायो साधारण सभा
काठमाडौं । सर्वोत्तम सिमेन्टले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांशको प्रस्ताव गरेको हो ।
बैठकले हाल कायम चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश(कर समेत)गरी कुल १० प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
प्रस्तावित उक्त लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्रै वितरण गरिने कम्पनीले जनाएको छ । त्यस्तै कम्पनीले लाभांश पारित गनेै एजेण्डासहित पुस २६ गते रुपन्देहीको होटल भिलासामा साधारण सभा पनि आह्वान गरेको छ ।
लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी पाउनेछन् ।