११ पुस २०८१, बिहिबार

संघीयतापछि सरकारी निकायहरूबिच समन्वयको अभाव देखियोः मुख्यसचिव अर्याल

प्रकाशित मिति :  19 December, 2024 11:56 am


काठमाडाैँ । सरकारका मुख्यसचिव एकनारायण अर्यालले संघीयता आइसकेपछि सरकारी निकायहरूबिच समन्वयको अभाव देखिएको बताएका छन् ।

बिहीवार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले संविधानमा सहकार्य, समन्वय र सहअस्तित्व भनेपनि धेरै कुराहरू अलमलमा रहेको उल्लेख गरे । उनले पालिकाहरूले बनाएका कानूनहरूमा पनि विवादित विषयहरु रहेको बताए । उनले संघीय कानून भन्दा विपरित कानून बनाउन नपाइने भएपनि त्योअनुसारको कानून नबनेको बताए ।

उनले सरकारले युवाहरूलाई सरकारका विभिन्न क्रियाकलापमा समेट्ने भनेर कार्यविधि ल्याइसकेको बताए । उनले आर्थिक सुधारका लागि आयोग नै गठन गरेर अघि बढेको बताए । सरकारले आगामी नीति तथा कार्यक्रम र बजेटमा आयोगले दिएको सुझावहरूलाई समेटेर कार्यक्रम बनाउने बताए । मुख्यसचिव अर्यालले सरकारले सबै सेवाहरु प्रविधिमैत्री बनाउने भनेर काम अघि बढाइरहेको बताए ।



प्रतिक्रिया दिनुहोस !