७ पुस २०८१, आइतबार

कर्णालीले जनकपुरलाई दियो ११९ रनको सामान्य लक्ष्य

प्रकाशित मिति :  19 December, 2024 2:36 pm


काठमाडौं । नेपाल प्रिमियर लिगको फाइनलमा पुग्न जनकपुर बोल्ट्सलाई कर्णाली याक्सले ११९ रनको सामान्य लक्ष्य दिएको छ ।

जनकपुरले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले ९ विकेटको क्षतिमा ११८ रन बनाएको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीका लागि गुल्सन झाले बनाएको २५ रन र देव खनालले २४ रन बनाए । झाले २० बलमा १ चौका र दुई छक्का हाने भने खनालले ३० बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

जिसन मक्सुद १२ रन, चान्डविक वाल्टन ११ रन साथै सोमपाल कामीले ५ रन बनाए । त्यस्तै अर्जुन घर्ति २ रनमै आउट भए ।

बलिङमा जनकपुरका ललित राजवंशी, मोहम्मद मोहसिन र जिमी नीशमले २९२ विकेट लिए । हर्श थाकर र शेर मल्लले समान १ विकेट लिए।

केही बेरमा जनकपुरले जवाफी ब्याटिङ गर्नेछ।



प्रतिक्रिया दिनुहोस !