७ पुस २०८१, आइतबार

लोडसेडिङ हुँदा खुसी हुने जमातले लोडसेडिङको हल्ला फिजाए-कार्यकारी निर्देशक घिसिङ

प्रकाशित मिति :  20 December, 2024 2:30 pm


काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकमा लोडसेडिङ हुँदा रमाउने जमातले नै लोडसेडिङ घोषणा भएको हल्ला फैल्याएको दाबी गरेका छन् ।

शुक्रबार नेपाल पूर्वाधार पत्रकार समाजद्वारा अयोजित कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले लोडसेडिङ हुँदा रमाउने जमातले प्राविधिक रुपमा थोरै समस्या हुँदा बजारमा लोडसेडिङ घोषणा भएको हल्ला फैल्याएको दाबी गरेका हुन् ।

उनले अहिले लोडसेडिङ नभएर आयोजनाहरुमा आएको प्राविधिक कारणले केही घण्टा जलविद्युत वितरणमा समस्या भएको बताए । उनले माथिल्लो तामाकोशी र कालिगण्डकी बन्ने बित्तिकै लोडसेडिङ समस्या समाधान हुने दाबी गरे ।

उनले व्यस्त समयमा केही मात्रै उद्ययोगको लाईन काटेको भन्दै त्यो समयमा नागरिकलाई सहज बनाएको बताए । उनले उद्ययोगीहरु विद्युत काट्यो भनेर प्राधिकरणले लोडसेडिङ घोषणा गर्यो भन्दै हल्ला फैल्याउन व्यस्त भएको बताए । उनले माथिल्लो तामाकोशी र कालिगण्डकी जलविद्युत आयोजना आगामी १० दिनमा जोडिएपछि लोडसेडिङको समस्या पनि हट्ने जानकारी दिए ।

उनले प्राधिकरणको घाटामा फाइदा लिनेहरु धेरै रहेको बताए । उनले जनतालाई लोडसेडिङमा राखेर उद्योगले प्रयोग गरेको विद्युतको रकम व्यवसायीहरुले दिनको विकल्प नभएको उल्लेख गरे ।

‘‘नेपालमा नकारात्मकताको कति रमाउने रहेछन् । लोडसेडिङ भयो । लोडसेडिङ हुँदा कति खुसी मनाउने कति जमात रहेछ भन्ने एउटा जमात रहेको केही दिनबाट हेरिरहेको छु‘‘, कार्यकारी निर्देशक घिसिङले भने ।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !