५ पुस २०८१, शुक्रबार

काँग्रेसमा विपीको नाम लिएर आफूलाई मन लागेका कुराहरु भन्ने परिपाटी विकसित भयोः महामन्त्री थापा

प्रकाशित मिति :  20 December, 2024 3:34 pm


काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले विपी (विश्वेश्वरप्रसाद कोईराला) को नाम लिएर आफूलाई मन लागेका कुराहरू भन्ने परिपाटी काँग्रेसमा विकसित भइरहेको बताएका छन् ।

शुक्रवार काठमाडौँमा कैलास कोईरालाद्वारा लिखित उपन्यास शास्त्रको विमोचन कार्यक्रममा बोल्दै उनले पार्टीभित्र नेताहरूलाई आफूलाई भन्न मन लागेको कुराहरू विपीको नाम लिएर भन्ने गरेकोप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । उनले पार्टीका नेता, कार्यकर्ताहरुले विपीले यस्तो भन्नुहुन्थ्यो भन्नु छ भने अरुले भनेको सुनेको आधारमा भन्न नहुने बताए । उनले रिफ्रेन्समा प्रयोग गर्न पाइने भएपनि आफैँले अध्ययन गरेर मात्रै प्रयोग गर्न आग्रह गरे ।

महामन्त्री थापाले राज्यको धर्म जनतालाई न्याय दिनु भएको बताए । उनले धर्मको सामाजिक पक्षलाई ग्रहण गरेर व्यवहारमा उतार्नु नै राजनीतिको काम भएको बताए ।



प्रतिक्रिया दिनुहोस !