ध्यानलाई आफ्नो दिनचर्याको अभिन्न अंगका रुपमा अपनाऔँ-प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ध्यानलाई आफ्नो दिनचर्याको अभिन्न अंगका रुपमा अपनाउन आग्रह गरेका छन् । शनिबार अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो आग्रह गरेका हुन् ।
संयुक्त राष्ट्र संघले २१ डिसेम्बरलाई अब उपरान्त ध्यान दिवसका रुपमा मान्यता दिएको उल्लेख गर्दै उनले खुसी व्यक्त गरे । उनले ध्यान दिवसको सबैले सदुपयोग गर्न आह्वान गर्दै ध्यानबाट लाभ लिन आग्रह गरे ।
उनले ध्यान मानव जातिको कल्याणको निम्ति भएको उल्लेख गरे । वर्षमा एक पटक २१ डिसेम्बरका दिन मात्र नभर्इ आफ्नो दिनचर्या बनाउनुपर्नेमा जोड दिए । ‘आज २१ डिसेम्बर, अन्तर्राष्ट्रिय ध्यान दिवस । संयुक्त राष्ट्र संघले २१ डिसेम्बरलाई अब उपरान्त ध्यान दिवसका रुपमा मान्यता दिएको छ । यस अवसरमा म खुशी व्यक्त गर्न चाहन्छु । सबैमा बधाई भन्न चाहन्छु । शुभकामना भन्न चाहन्छु’, उनले भने, ‘यस ध्यान दिवसको हामी सबैले सदुपयोग गरौँ । यसबाट लाभ लिऔँ । ध्यान मानव जातिको कल्याणको निम्ति यस वर्ष मात्रै होइन, हामीले ध्यान दिवसलाई मनाउँदै जानुपर्छ । वर्षमा एक पटक २१ डिसेम्बरका दिन मात्र होइन, ध्यानलाई आफ्नो दिनचर्याको अभिन्न अंगको रुपमा अपनाऔँ । सम्पूर्ण मानव जातिको कल्याणका लागि यसको सदुपयोग गरौँ । सधैँ ध्यानबाट स्वस्थ हौँ । शारीरिक र मानसिक हिसावले सधैँ स्वस्थ रहौँ । अरुलाई पनि स्वस्थ रहन सहयोग पु¥याऔँ ।’
प्रधानमन्त्री ओलीले ध्यानबाट शारीरिक र मानसिक हिसावले सधैँ स्वस्थ रहन र अरुलाई पनि स्वस्थ रहन सहयोग पु¥याउन आग्रह गरे ।
—न्युज एजेन्सी नेपाल