गाजामा इजरायली आक्रमणबाट २० प्यालेस्टाइनीको मृत्यु
काठमाडाैँ । पूर्वी गाजा शहरमा विस्थापित नागरिकहरूलाई आश्रय दिने दुई विद्यालय र एउटा घरलाई लक्षित गरी भएको इजरायली आक्रमणमा २० प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टाइनी स्रोतहरूले बताएका छन् ।
स्थानीय स्रोतहरू र प्रत्यक्षदर्शीहरूले इजरायली विमानहरूले अल–करामा र शाबान अल–रायस विद्यालयहरूमा आक्रमण गरेको बताए ।
जुन विस्थापित नागरिकहरूको लागि आश्रयको रूपमा सेवा गरिरहेका थिए । साथै पूर्वी गाजा शहरको अल–तुफाह छिमेकमा रहेको आवासीय घरहरूमा पनि आक्रमण गरेका छन् ।
गाजामा प्यालेस्टिनी सिभिल डिफेन्सका प्रवक्ता महमुद बसालले उद्धार टोली र चिकित्साकर्मीहरूले बम विष्फोट स्थलबाट २० पीडितको शव निकालेका छन् ।
मृत्यु हुनेमा महिला र बालबालिका समेत रहेका छन् भने करिव ३० जनालाई विभिन्न स्थानमा चोटपटक लागेको छ । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या ४५ हजार १२९ पुगेको छ ।