६ पुस २०८१, शनिबार

सुदूरपश्चिम विरुद्ध जनकपुरले लियो चार विकेट

प्रकाशित मिति :  21 December, 2024 1:46 pm


काठमाडौँ । एनपिएलको फाइनलमा जनकपुर बोल्टस्ले सुदूरपश्चिम रोयल्सका विरुद्ध दुई विकेट लिएको छ । सफल सुरुवात गरेको सुदूरपश्चिम रोयल्सको विशाल योगफल तयार पार्ने गतिलाई जनकपुर बोल्र्टस्का किशोर महतो, ललित राजवंशी, मोहमद मोहसिन र जिमी नीशमले ब्रेक लगाई दिएका छन् ।

११.६ ओभरमा महतोले सुदूरपश्चिमका सैफ अली जैब आउट भएका छन्, भने १२.२ ओभरमा ललित राजवंशीले ओपनर बिनोद पण्डारीलाई पेभिलियन फर्काइदिएका छन् । त्यस्तै १४.६ ओभरमा मोहमद मोहसिनको बलमा हर्मीत सिंह आउट भएका छन् । त्यस्तै १५.६ ओभरमा जिमी नीशमको बलमा ब्रान्डन म्याकमुलेन आउट भएका छन् ।



प्रतिक्रिया दिनुहोस !