६ पुस २०८१, शनिबार

एनपीएल फाइनल : सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य

प्रकाशित मिति :  21 December, 2024 2:19 pm


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ओपनर सबफ जइबको अर्धशतकको मद्दतमा ९ विकेटको क्षतिमा १८४ रन जोड्यो।

जइबले सर्वाधिक ६९ रनको योगदान गरे। उनले ४३ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। अर्का ओपनर भण्डारीले ३१ बलमा १ चौका र ३ छक्काको मद्दतमा ४१ रन जोडे।

त्यस्तै हर्मित सिंहले र ब्रान्डन माक्मलेन समान १४ रनको योगफल तयार पारे, भने अन्य व्याट्सम्यानले दोहोर योगफल तयार पार्न सकेनन् ।

बलिङमा जनकपुरका मोहसिन र किशोरले ३/३ विकेट लिए। मोहसिनले ४ ओभरमा ४० रन खर्चिदा किशोरले ३ ओभरमा २५ रन दिए। जिमी निशम र ललित राजवंशीले १/१ विकेट आफ्नो नाममा लेखाए।



प्रतिक्रिया दिनुहोस !