७ पुस २०८१, आइतबार

कास्की जिल्ला अदालतमा रवि लामिछानेसहित ३१ जनाविरुद्ध मुद्दा दर्ता

प्रकाशित मिति :  22 December, 2024 1:03 pm


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगी प्रकरणमा अभियोग पत्र दायर भएको छ।

जिल्ला सरकारी वकिलको कार्यालयले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको कार्यालयका प्रमुख कमला काफ्लेले बताइन् ।

उनीहरुविरुद्ध एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो दाबी गरिएको छ। सम्पत्ति शुद्धीकरणको कसुरमा प्रहरीले अनुसन्धानका लागि पाउने ९० दिनको समय सकिएपछि रविसहितका प्रतिवादीहरुलाई आइतबार कार्यालय खुल्नासाथ अदालत पुर्‍याइएको थियो।

शुक्रबार नै अदालतले दिएको म्याद सकिए पनि शनिबार विदा भएकाले आइतबार मात्रै अभियोगपत्रसाथ सरकारी वकिल कार्यालयले उपस्थित गराएको हो।



प्रतिक्रिया दिनुहोस !