हंङकङबाट काठमाडौं आउँदा जहाजमै बेहोस भएका लिम्बुको निधन
प्रकाशित मिति : 22 December, 2024 2:45 pm
काठमाडौं । हङकङबाट काठमाडौं आएको नेपाल वायुसेवा निगमको जहाजमा अचेत भएका यात्रुलाई अस्पताल पु¥याएपछि मृत घोषणा गरिएको छ ।
जहाजमा बेहोस भएका ताप्लेजुङका ५३ वर्षीय देउमान लिम्बूलाई त्रिभुवन विमानस्थलबाट सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल लगिएको थियो । अस्पताल पुर्याएका लिम्बूलाई चिकित्सकले मृत घोषणा गरेको निगमले जनाएको छ ।
हङकङबाट काठमाडौं आउने क्रममा उडिरहेको जहाजमै अचेत भएका लिम्बूलाई अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको निगमका प्रवक्ता रमेश पौडेलले बताए ।
निगमको आरए ४०१ उडानबाट लिम्बू नेपाल आएका थिए ।