टरिगाउँ विमानस्थल विस्तारका लागि तीन अर्ब ४२ करोड २८ लाख डिपीआर प्रस्तुत
सात सय ५० मिटर धावनमार्गलाई एक हजार पाँच सय मिटरमा विस्तार गर्ने प्रस्ताव डिपीआरमा छ
प्रकाशित मिति : 23 December, 2024 8:03 am
दाङ । तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारका लागि तीन अर्ब, ४२ करोड २८ लाख डिपीआर प्रस्तुत गरिएको छ ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र पूर्वमन्त्री दीपक गिरीले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डे सामु विमानस्थल बिस्तारको डिपीआर प्रस्तुत गरेको महासचिवको सचिवालयले जनाएको छ ।
भेटका क्रममा टरिगाउँ विमानस्थलको धावन मार्गको स्तरोन्नतिका लागि छलफल भएको महासचिवका स्वकीय सचिव सरोजकुमार रेग्मीले जानकारी दिए । उनका अनुसार धावनमार्ग विस्तारका लागि बजेटका साथै जग्गा व्यवस्था गर्ने विषयमा छलफल भएको थियो।
हालको सात सय ५० मिटर लामो धावनमार्गलाई बढाएर एक हजार पाँच सय मिटरमा विस्तार गर्ने प्रस्ताव डिपीआरमा समावेश गरिएको छ ।