जनकपुरधाममा आयोजित रामायण कन्क्लेव सम्पन्न
काठमाडाैँ । नेपाल र भारतबिचको सांस्कृतिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने उद्देश्यले जनकपुरधाममा आयोजित रामायण कन्क्लेव सम्पन्न भएको छ ।
हिन्दुधर्मग्रन्थ रामायणमा उल्लेख भएअनुसार त्रेता युगमा अयोध्याका राजा दशरथका छोरा राम र मिथिलाको राजधानी जनकपुरधामका राजा जनककी छोरी सीताबिच वैवाहिक सम्बन्ध गाँसिएको थियो । सोही सम्बन्धलाई आधार मानेर वर्तमानमा पनि जनकपुरधाम र अयोध्याबीच सांस्कृतिक सम्बन्ध रहेको छ ।
सोही सम्बन्धलाई पुनर्ताजगी दिन र अझ बढी बलियो बनाउने उद्देश्यले दुई दिवसीय अन्तर्राष्ट्रिय रामायण कन्क्लेवको आयोजना गरिएको थियो । भारतको उत्तर प्रदेश पर्यटन विभाग,अन्तर्राष्ट्रय रामायण एवं वैदिक शोध संस्थान,अयोध्या (संस्कृति विभाग,उत्तर प्रदेश) तथा जानकी मन्दिर जनकपुरधाम तथा जनकपुरधाम उपमहानगरपालिकाको संयुक्त आयोजनामा रामायण कन्क्लेवको आयोजना गरिएको थियो ।
रामायण कन्क्लेवको पहिलो सत्रमा रामायण समागम अन्तर्गत भारतका जगतगुरु विद्या भाष्कर महाराज, सन्त सुखदेव दास, बालक दास र नेपालका धर्मगुरु डा. पुरुषोत्तम आचार्य, रामानन्द महाराजसहित जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले रामायणकालदेखि जुडेको सांस्कृतिक सम्बन्धका विषयमा चर्चापरिचर्चा गरेका थिए ।जनकपुरधाममा आयोजित रामायण कन्क्लेव सम्पन्न