८ पुस २०८१, सोमबार
नियमावली मन्त्रिपरिषद् द्धारा स्वीकृत

अघि बढ्यो एसएमई प्लेटफर्मको प्रक्रिया, कहिलेदखि कार्यान्वयन होला ?

प्रकाशित मिति :  23 December, 2024 12:18 pm


काठमाडौं । सरकारले सानाथा तथा मझौला संगठित संस्था (एसएमई)को नियमावली स्वीकृत गरेको छ ।

पुस ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले एसएमई प्लेटफर्मको नियमावली धितोपत्र निष्काशन तथा कारोबार नियमावली २०८१ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बताए ।

नेपाल धितापत्र बोर्डले नियमावलीको मस्यौदा बनाएर स्वीकृतिका लागि डेढ वर्ष अगाडी अर्थमन्त्रालयमा पेश गरेको थियो ।

क्त नियमावली अर्थमन्त्रालयले कानुन मन्त्रालयसँग पनि राय सुझाव लिएर मन्त्री परिषद् पठाएको थियो ।

लामो समय दुई मन्त्रालयमा रोकिएको नियमावलीले मन्त्रिषरिषदबाट स्वीकृत भएपछि कार्यान्वयनमा आउनेछ ।

मन्त्रिपरिषद्ले स्वीकृत गरेपनि औपचारिकरुपमा बोर्डमा केही सूचना नआएको बोर्डका प्रवक्ता निरन्जय घिमिरेले बताए ।

घिमिरेले भने ‘हामीलाई औपचारिक रुपमा पत्र प्राप्त भएको छैन, मन्त्रिपरिषद्ले कसरी निर्णय गरेको छ, समय तोकेको छ कि बोर्डले तोकेको समयमा कार्यान्वयन हुने भनिएको छ त्यसैअनुसार कार्यान्वयनमा आउछ ।’

घिमिरेकाअनुसार हामीले नियमावली बनाएर स्वीकृतीको लागि पठाएका हौ, अब त्यही नियमावली नै कार्यान्वयनमा आउँछ ।

एसएमई प्लेटफम भनेको साना तथा मझौला कम्पनीहरूलाई पूँजी सङ्कलनमा सहयोग होस् भन्ने उद्देश्यले उपलब्ध गराउने एउटा प्लेटर्फम हो ।

बोर्डले साना तथा मझौला कम्पनीहरुले सर्वसाधारणसँग पुँजी सङ्कलन गर्न धेरै कष्ट नहोस् भनेर एसएमई प्लेटर्फमको अवधाराणा ल्याएको हो ।

अहिले नेपालको पुँजीबजारमा ठुला साना सबै कम्पनीहरु एउटै प्लेटफर्ममा कारोबार हुँदै आएको छ ।

सेयर कारोबारलाई चुक्ता पुँजीको आधारमा ‘एसएमई प्लेटफर्म’ र ‘मेन बोर्ड’ गरी दुई भागमा विभाजन गरिने छ ।

बजारलाई दुई भागमा विभाजन गर्दा सेयरबजारको मूल्यमा हुने कर्नरिङ अधिकतम न्यून हुने र अनावश्यक रुपमा इन्डेक्समा हुने उतार चढाव पनि रोकिने बोर्डको अपेक्षा छ ।

एसएमई प्लेटफर्ममा अधिकतम २५ करोड रुपैयाँ चुक्ता पुँजी भएका कम्पनीहरु रहनेछन् । ती कम्पनीले न्यूनतम ३० देखि अधिकतम ४९ प्रतिशत सम्म आइपीओ निष्काशन गर्न सक्नेछन् ।

एसएमई प्लेटर्फममा दर्ता हुने कम्पनीले प्रिमियम मूल्यमा समेत आइपीओ निष्काशन गर्न सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस !