राजनीतिमा सेवाको भावको महत्व बढी हुनुपर्छः उपप्रधानमन्त्री सिंह
काठमाडाैँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले क्रियाशिल सदस्यहरूलाई पार्टीका हरेक गतिविधिमा सहभागी गराउनुपर्ने बताएका हुन् ।
सोमवार काठमाडौँमा नेपाली काँग्रेसको सय दिने विशेष अभियानअन्तर्गत काठमाडौँ महानगरस्तरीय भेलालाई सम्बोधन गर्दै उनले संख्या ठूलो हुने तर नेपाली काँग्रेस पार्टीका क्रियाशिल सदस्यहरूले नै क्रियाशिल सदस्यताका महत्व नबुझ्ने कुरा राम्रो नरहेको बताएका हुन् ।
उनले इतिहास स्थापना गरेको पार्टीका नेताहरूले क्रियाशिल सदस्यहरू हौँ भन्नेकुरा बिर्सिन नहुने बताए । उनले आफूहरू राष्ट्र र समाजका सेवा गर्न राजनीतिमा लागेको बताए । राजनीतिमा सेवाको भावको महत्व बढी हुनुपर्ने बताए ।
उनले भने,”हामीले सबै क्रियाशिल सदस्यहरुलाई पार्टीका हरेक गतिविधिमा इन्भल्व गराउन सक्नुपर्छ । संख्या चाहीँ ठूलो हुने तर संख्या ठूलो भएर पनि नेपाली काँग्रेस पार्टीका क्रियाशिल सदस्यहरूले नै क्रियाशिल सदस्यताका महत्व नै बुझाउन नसकेको हो की के हो ? त्यसमा कमी, कमजोरी भएको हो की ? अब त बुझाउनुपर्यो नि त । हामी लरोतरो पार्टीको सदस्य होइन, इतिहास स्थापना गरेको पार्टी हो ।”