८ पुस २०८१, सोमबार

रास्वपाले बोलायो भर्चुअल बैठक, कार्यवहाक सभापति तोक्ने तयारी

प्रकाशित मिति :  23 December, 2024 2:15 pm


काठमाडौं । सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक सचिवालय बैठक बोलाएको छ। अपरान्ह ४ बजे बस्ने गरी भर्चुअल बैठक बोलाइएको उपसभापति डीपी अर्यालले जानकारी दिए ।

कतिपय नेताहरू उपत्यकाबाहिर रहेकाले भर्चुअल माध्यमबाट बैठक बस्न लागेको अर्यालको भनाई छ ।

बैठकले पाटीको कार्यवहाक सभापतिमा अर्याललाई तोक्ने तयारी रहेको रास्वपा नेताले बताएका छन् । त्यस्तै बैठकमा सभापतिविरुद्व अघि बढेको मुद्दा र पार्टीको आगामी रणनीतिको विषयमा छलफल हुने जनाइएको छ।

रविविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेपछि सांसद पनि पनि निलम्बन गर्न पत्राचार गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस !