डीपी अर्यालले पाए रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी
प्रकाशित मिति : 23 December, 2024 5:32 pm
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डिपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ। आज बसेको सचिवालय बैठकले अर्याललाई सभापतिको जिम्मेवारी दिएको हो ।
सरकारी वकिल कार्यालय कास्कीले आइतबार रबि लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेको छ।
मुद्दा प्रक्रिया अघि बढेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेको सांसद पद पनि निलम्बन गर्न संसद सचिवालयलाई पत्राचार गरिसकेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने गत कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन्।