तीन साता लामो भ्रमण सकेर परराष्ट्रमन्त्री राणा स्वदेश फिर्ता
प्रकाशित मिति : 24 December, 2024 8:54 am
काठमाडौँ । तीन साता लामो भ्रमण सकेर परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा स्वदेश फर्किएकी छिन् ।
मंसिर २४ गते नेदरल्याण्डको हेगमा रहेको अन्तर्राष्ट्रिय अदालतमा “जलवायु परिवर्तनका सम्बन्धमा राज्यहरूको दायित्व” सम्बन्धी सार्वजनिक सुनुवाइमा भाग लिने मुख्य कार्यक्रम बनाएर मन्त्री राणा युरोप भ्रमणमा निस्किएकी थिइन् ।
मन्त्री राणाले अन्तर्राष्ट्रिय अदालतको सार्वजनिक सुनुवाइमा जलवायु परिवर्तनको असरबारे नेपालले भोगेको दुःख बारे सम्बोधन गरेकी थिइन् । हेगको कार्यक्रमपछि मन्त्री राणाले युरोपका विभिन्न देशका समकक्षी प्रतिनिधिहरुसँग द्विपक्षीय वार्ता गरेकी थिइन्।
युरोपका कार्यक्रमपछि भारतको नयाँ दिल्लीमा भएका विभिन्न कार्यक्रमहरूमा सहभागी भएर सोमबार बेलुका काठमाडौँ मन्त्री राणा स्वदेश फर्केकी हुन्। मन्त्री राणा गत मंसिर २२ गते युरोपको भ्रमणमा गएकी थिइन्।