ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति र योजना आयोगका सदस्य बिच भेटवार्ता
दाङ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र लुम्बनी प्रदेश योजना आयोगका सदस्य डा. सुदनकुमार ओलीका बिच मंगलबार भेटवार्ता भएको छ ।
भेटका क्रममा कुलपति हार्तम्छालीले प्रदेशभित्रको कला, संस्कृति, साहित्य, सिप, ज्ञान विज्ञान तथा सम्पदाहरुको संरक्षणका लागि योजना तर्जुमा गरिदिन अनुरोध गरेका थिए ।
प्रतिष्ठानले तीनै तहका सरकारको समन्वयमा कला, संस्कृति, साहित्य, सिप, ज्ञान विज्ञान तथा सम्पदाहरुको संरक्षण गर्ने कार्यलाई अगाडि बढाएको भन्दै कुलपति हार्तम्छालीले प्रदेश सरकारको तर्फबाट तत्कालिन र दीर्घकालिन योजनामा कला, साहित्यको विषयलाई समेटिदिन आग्रह गरेका थिए ।
उक्त अवसरमा योजना आयोगका सदस्य डा. ओलीले प्रदेशको दोस्रो आवधिक योजना निर्माणको अन्तिम तयारी रहेको भन्दै त्यसमा प्रदेशको वस्तुस्थिति समावेश गरिएको जानकारी दिए ।
लुम्बिनी सभ्यता र कलाको प्रयाप्त अध्ययन गर्नुपर्ने जनाउँदै योजना आयोगका सदस्य डा. ओलीले त्यसमा प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग हुने प्रतिबद्धता जनाएका दिए ।
यसपूर्व कुलपति हार्तम्छालीले मुख्यमन्त्री चेतनारायण आचार्यसँग भेटवार्ता गरी प्रदेशको विकासका लागि पर्यटनसँगै कला, साहित्य, संस्कृति, सम्पदाहरुको संरक्षण र विकासमा सहकार्य गर्न आग्रह गरेका थिए ।