१० पुस २०८१, बुधबार

बालकोटमा बुबा र भाइको हत्या गरी फरार मिलन पक्राउ

प्रकाशित मिति :  24 December, 2024 1:39 pm


काठमाडौं । बालकोटमा बुबा र भाइको हत्या गरी फरार रहेको आरोप लागेका मिलन आचार्यले प्रहरीमा आत्मसमर्पण गरेका छन्।

भक्तपुरको सूर्यविनायक नगरपालिका– २, बालकोटस्थित डेरामा सोमबार बिहान मृत भेटिएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय कान्छा छोरा प्रवीणको हत्या मिलनले गरेको आशंकासहित प्रहरीले उनलाई खोजी गरिरहेको थियो।

उनी मंगलबार बिहान आफै महाराजगन्जस्थित प्रहरी वृत्तमा पुगेर आफूले बालकोटमा बुबा र भाइलाई मारेको भन्दै घटना विवरण सुनाएर आत्मसर्मपण गरेको प्रहरीले जनाएको छ ।

मिलनलाई बुबा र भाइ मार्नुको कारणबारे सोध्दा प्रेमिकासँगको तनावले मन अस्थिर हुँदा यस्तो गरेको भनेर बयान दिएको प्रहरीले जनाएको छ ।

मिलन कुलप्रसादका जेठा छोरा हुन्।



प्रतिक्रिया दिनुहोस !