स्याङ्जामा ट्याक्टर दुर्घटनामा चार घाइते, दुई अवस्था गम्भीर
काठमाडाैँ । स्याङ्जाकाे कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ आलमस्थित बिर्घा-मिर्मी पक्की भित्री सडकमा आज साँझ ट्याक्टर दुर्घटना हुँदा चार जना घाइते भएका छन्। आलमबाट बिर्घा जाँदै गरेको लु.४ त. ७८३१ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी ४० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा परेर बाराका अर्जुन शाह, सलाम मुदिन मन्सुरी र सब्दुल अन्सारी घाइते भएका छन्। अर्जुन शाह र सलाम मुदिन मन्सुरीको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। उनीहरूलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज, पाल्पा पठाइएको छ।
सब्दुल अन्सारीलाई ट्याक्टरले च्यापेको अवस्थामा उद्धार गरी कालीगण्डकी अस्पताल, मिर्मीमा उपचारका लागि पठाइएको छ। दुर्घटनामा परेका चौथो व्यक्ति, सिकिन्दर यादव, भने सकुशल रहेको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनाको कारण र अन्य पक्षहरूको बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ।