१० पुस २०८१, बुधबार

पुस २१ र २२ मा एमाले केन्द्रीय कमिटी बैठक, उपनिर्वाचन र सरकारको समीक्षा मुख्य एजेन्डा

प्रकाशित मिति :  25 December, 2024 6:30 pm


काठमाडौँ । नेकपा एमालेले पुस २१ र २१ गते बोलाएको छ ।

बुधबार बसेको एमाले सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक बोलाएको हो । केन्द्रीय कमिटी बैठकमा स्थानीय तह उपनिर्वाचन र सरकारको कामको समीक्षा हुनेछ। त्यस्तै पार्टीको सांगठनिक कामको पनि समीक्षा हुनेछ।

यसअघि एमाले केन्द्रीय कमिटीको बैठक गत असारमा बसेको थियो। एमाले विधानअनुसार केन्द्रीय कमिटी बैठक प्रत्येक ६ महिनामा बस्नुपर्ने प्रावधान छ।



प्रतिक्रिया दिनुहोस !