११ पुस २०८१, बिहिबार

सहिद दिवसको अवसर पारेर कांग्रेस राप्ती गाउँपालिकाले एकैसाथ वडा अधिवेशन गर्ने

प्रकाशित मिति :  26 December, 2024 8:23 am


दाङ । नेपाली कांग्रेस राप्ती गाउँपालिकाले सहिद दिवसको अवसरमा वडा सम्मेलन गर्ने निर्णय गरेको छ । १०० दिने अभियान विशेष अभियानअन्तर्गतको मौरिघाटमा सम्पन्न भेलाले आगामी माघ १६ गते सहिद दिवसको दिन एकैसाथ नौवटै वडा अधिवेसन गर्ने निर्णय गरेको छ ।

राप्ती गाउँपालिका सभापति विद्याशरण चौधरीको अध्यक्षता तथा अभियानका केन्द्रिय प्रतिनिधि एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रकाश रसाइली स्नेहीको प्रमुख आतिथ्यता तथा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको विशिष्ट आतिथ्यतामा सम्पन्न भेलाले पार्टीलाई चलायमान बनाउन आन्तरिक एकतालाई मजबुत बनाउने निर्णय गरेको छ ।

उक्त अवसरमा १०० दिने अभियानमा राप्ती गाउँपालिकाका ९ वटै वडामा खटिएका प्रतिनिधिहरुले प्रतिबेदन पेश गरेका थिए । कार्यक्रमपश्चात् पािलका सचिव तिर्थराज ज्ञवालीले प्रस्तुत गरेका चारवटा प्रस्ताव सर्वसम्मत पारित गरिएको छ ।

पारित प्रस्तावअन्तर्गत् माघ १६ गते सहिद दिवसको अवसरमा नौवटै वडा अधिवेसन गर्ने, माघ मसान्तभित्र गाउँपालिकाको तेस्रो गाउँ सम्मेलन सम्पन्न गर्ने, पौष १७ गते नेपाली कांग्रेस दाङ जिल्ला पार्टी कार्यलयले आयोजना गर्ने १०० दिने विशेष अभियानको समापन कार्यक्रममा उपस्थितिका लागि सबै वडा कार्यसमितिलाई निर्देशात्मक अनुरोध गर्ने रहेका छन् । साथै माघ २ गते श्रीनारायण चौधरीको स्मृति सभाको आयोजना गर्ने निर्णय भएको छ ।

उपसभापति स्यामा रावत डाँगीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा लुम्बिनी प्रदेश सह महामन्त्री खगराज पाण्डे, नेपाली कांग्रेस दाङ जिल्ला सभापति शंकरप्रसाद डाँगी, संविधान सभा सदस्य सुशीला चौधरी, दाङ क्षेत्र नं १ क सभापति श्रीपद चौधरी, देव नारायण चौधरी आत्माराम भट्टराई, हुतासन रेग्मी, विलोचन चौधरी, नित्यानन्द शर्मा, लक्ष्मण चौधरी, गोवर्धन रावत, भिमलाल चौधरी पदम पुन, उमेश अधिकारी, पोमलाल गिरी, युवराज भुसाल, विश्वम्भर चौधरी, वीरबहादुर चौधरी, तपेश्वर चौधरी, चुडामणि शर्मालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

अन्तरक्रिया कार्यक्रमको सहजीकरण गाउँपालिकाका सचिव तिर्थराज ज्ञवालीले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !