११ पुस २०८१, बिहिबार

बारामा अवैध रूपमा ल्याइएका ३० लाखभन्दा बढीका सामानसहित ट्रक प्रहरीको नियन्त्रणमा

प्रकाशित मिति :  26 December, 2024 11:41 am


काठमाडौँ । बाराको जीतपुरबाट वीरगंज–काठमाडौँ चल्ने ट्रकमा अवैध समान फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय, बाराले गत पुस ९ गते साँझ करिब ८ः४५ बजे ईलाका प्रहरी कार्यालय, जीतपुरका प्रहरी निरीक्षक मोह नारायण रायको नेतृत्वमा खटिएको टोलीले ट्रक ९ना ४ ख ३९८४० रोकी चेकजाँच गर्दा बिल–विजक भन्दा बढी सामान भेटिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रकाश सापकोटा अनुसार ट्रकमा लोड गरिएका कपडा, चना, ब्याट्री, थर्मोकोल दाना लगायत अन्य खुद्रा समानहरूको अन्दाजी मूल्य ३० लाख ६७ हजार ७९६ रुपैयाँ रहेको छ।

ती समानहरूको स्रोत खुलाउन नसकिएकाले ट्रकसहितका सामान नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय, पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !