११ पुस २०८१, बिहिबार

भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापित गर्न लागि परेका छौं- मुख्यमन्त्री आचार्य

प्रकाशित मिति :  26 December, 2024 4:33 pm


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापित गर्न लागिपरेको बताएका छन् ।

गैरसरकारी संस्था महासंघ नेपाल लुम्बिनी प्रदेश समितिले दाङको प्रदेशस्तरीय नागरिक सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सुशासन, पारदर्शिता कायम राख्न भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापित गर्न प्रदेश सरकार लागि परेको बताएका हुन् ।

सुशासन कायम भए भ्रष्टाचार अन्त्य हुने बताउँदै मुख्यमन्त्री आचार्यले सुशासन प्रवर्द्धन र भ्रष्टाचार न्यूनीकरण गर्न पाँचवर्षे रणनीतिक योजना कार्यान्वयनमा लगिएको बताए।

सुशासन कायम गर्न मुख्यमन्त्री, मन्त्रीहरुलार्र्इ आचारसंहिता लागु गरिएको बताउँदै मुख्यमन्त्री आचार्यले खर्च कटौतीका लागि विशेष पहल गरिएको बताए । भ्रष्टाचार नियन्त्रण गर्न सबै सरोकारवालाहरूको सहयोग आवश्यक रहेको आचार्यको भनाइ छ ।

प्रदेश सरकारले जनमुखी कानून निर्माणलाई विशेष प्राथमिकता दिएको बताउँदै दलित सशक्तीकरण विधेयक, अपांगमैत्री कानून बनाउन आवश्यक विधेयक अघि बढाउने प्रतिबद्धता जनाए ।



प्रतिक्रिया दिनुहोस !