११ पुस २०८१, बिहिबार

कर्मचारीका पार्टीगत ट्रेड युनियन हटाउन काँग्रेस–एमाले सहमत

प्रकाशित मिति :  26 December, 2024 5:47 pm


काठमाडाैँ । निजामती कर्मचारीका पार्टीगत ट्रेड युनियन हटाउन सत्तारुढ दुई दल काँग्रेस र नेकपा (एमाले) सहमत भएका छन् । 

बिहीवार राज्य व्यवस्था समितिको बैठकमा संघीय निजामित सेवा विधेयकमाथिको छलफलमा कर्मचारीका ट्रेड युनियनबारे दुई दलका प्रमुख सचेतकले समान धारणा राखेका हुन् ।  विधयकका सम्बन्धमा पार्टीका प्रमुख सचेतक तथा सचेतकहरुसँगको छलफलमा बोल्ल्दै नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले कर्मचारीहरूलाई दलगत ट्रेड युनियन खोल्न दिन नहुने बताए।

उनले कानूनमा समेत सरकारी संस्थामा आवद्ध व्यक्तिले कुनैपनि पार्टीको सदस्यता लिन नपाउने व्यवस्था गरेको बताए। उनले कर्मचारीहरूको एउटा मात्र ट्रेड युनियन राख्नुपर्ने बताए । निजामति कर्मचारीका लागि एउटा मात्र ट्रेड युनियन राख्नुपर्ने र अधिकृतभन्दा माथिल्लो दर्जाका कर्मचारीले त्यसको सदस्यता लिन नपाउने व्यवस्था गर्नुपर्ने बताए ।

बैठकमा बोल्दै नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले कर्मचारीको ट्रेड युनियनलाई व्यवस्थित बनाउन जरुरी रहेको बताए । उनले कर्मचारीमो पेसागत प्रवद्र्धनको हितसँग जोडिएका कुराहरूमा हामीले बन्देज लगाउन उपयुक्त नभएपनि ट्रेड युनियनहरु राजनीतिक क्रियाकलापमा संलग्न हुने गरेको बताए ।

दुवै राजनीतिक दलहरुले कर्मचारीको एउटै ट्रेड युनियन बनाउनुपर्ने र उक्त युनियनमा नीतिगत निर्णयमा सहभागि हुने कर्मचारी आवद्ध हुन नपाउने व्यवस्था गर्नुपर्ने धारणा राखेका छन् । —न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !