भेरी-बबई बहुउद्देश्यीय आयाेजनाकाे प्रगतिबारे मुख्यमन्त्री आचार्यकाे चासाे
बर्दिया । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजनाकाे कामलाई गति प्रदान गर्ने बारेमा आयाेजना कार्यान्वयन सम्बद्ध पक्षसँग छलफल गरेका छन् ।
भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना साइड कार्यालय हात्तिखाल सुर्खेतमा शुक्रबार छलफल गर्नु भएका मुख्यमन्त्री आचार्यले आयाेजनाकाे कामलाई गति प्रदान गर्न आवश्यक रहेकाे र त्यसतर्फ जुट्न ध्यानाकर्षण गराएका हुन् ।
´´आयाेजनाकाे काम अलि सुस्ताएकाे छ । कामलाई गति प्रदान गर्नुस । छिटाे काम अघि बढ्छ कि भन्ने थियाे तर, काममा बिलम्ब भयाे´´
, उनले भने
´´रिजल्ट छिटाे दिनेगरी काम सम्पन्न गर्नुपर्ने छ ।´´
लुम्बिनी प्रदेशकाे कृषि, उर्जा र खानेपानी क्षेत्रकाे विकासमा महत्त्वपूर्ण याेगदान पुर्याउने आशा गरिएको बताए । आयाेजनाकाे काम सञ्चालन गर्दा मानव बस्ती सुरक्षित हुनेगरी गर्नुपर्ने बताउँदै उनले नदि कटान र विपद जाेखिम न्यूनीकरण गरेर काम गर्न अनुराेध गरे।
´´स्थानीयहरुसँग भएका सम्झौता कार्यान्वयन भएको छैन । त्यसलाई ध्यान दिनुस्, सम्झौता अनिवार्य कार्यान्वयन गरिनुपर्छ´´
, उनले भने, ´´
बस्तीलाई सुरक्षित गर्न जरुरी छ । अनिवार्य नदीकाे दुवै किनारमा तटबन्ध गर्नेगरी याेजना अघि बढाउनुस् ।´´
आयाेजना कार्यालयसँग छलफल गर्नु अघि मुख्यमन्त्री आचार्यले बासगढी नगरपालिका-१ चेपाङ बर्दियाका स्थानीयसँग भेट गरेका थिए ।
अवकाे २ वर्षभित्र भेरी नदीकाे पानी बबई नदीमा झारेर सिंचाइ, विद्युत उत्पादन सुरु हुनेगरी काम भइरहेकाे आयाेजनाका निर्देशक रणबहादुर बमले जानकारी दिए ।
बहुउद्देश्यीय आयाेजनाकाे ६५.८ प्रतिशत भाैतिक प्रगति गरेकाे, जसअन्तरगत् टनेल निर्माण कार्य सम्पन्न भएको, सिभिल निर्माण कार्यकाे भाैतिक प्रगति ५५ प्रतिशत, इलेक्ट्राेमेकानिकल प्रगति ३० प्रतिशत सम्पन्न भएको जानकारी दिइएको छ ।
हाइड्रोमेकानिकलकाे भाैतिक प्रगति ३९ प्रतिशत र प्रशारणलाइनकाे भाैतिक प्रगति ५ प्रतिशत भएको छ । भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजना राष्ट्रिय गौरवका आयोजना हो ।
बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टर भूमिमा बाह्रै महिना सिंचाइ सुविधा उपलब्ध गराउने र ४६.८ मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ ।
१२ महिना सिंचाइ र विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । आर्थिक बर्ष २०६८\६९ बाट भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना अघि बढेको थियाे । भेरीको पानी बबईमा खसालेर बाँके र बर्दियाको ५१ हजार हेक्टर जमीनमा सिँचाइ सुविधा पु¥याउनुका साथै ४६.८ मेगावाट विद्युत् उत्पादन गर्ने छ ।
सिँचाइ विभागद्वारा संशोधित गुरुयोजनाअनुसार टनेल निर्माण, बाँध, विद्युतगृह, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकललगायत काम सम्पन्न गर्न ३३ अर्ब १९ करोड खर्च हुने प्रक्षेपण छ । भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा नेपालमा पहिलोपटक प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टिबिएम) को सफल परीक्षण भएको छ । सुरुङको लम्बाइ १२ किलोमिटरको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको २०७६ बैशाख ३ गते‘ब्रेक थ्रु गरिएको थियाे ।
चीनको सीआइसी र चाइना इञ्जिनियरिङ ओभरसिज प्रालि (कोभेक)को संयुक्त निर्माणमा बनिरहेको छ ।