नेपालमा उत्पादित सामग्री किनौँ, प्रोत्साहन गरौँः उपपप्रमुख डंगोल
काठमाडाैँ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपालमा उत्पादित सामग्रीलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताएकी छन् ।
शुक्रवार काठमाडौंमा काटेश्वर महोत्सवको उद्घाटन कार्यक्रममा उहाँले नेपाली उत्पादनलाई बजारीकरण गर्न जरुरी रहेको बताएकी हुन् । उनले कोटेश्वर महोत्सवको एउटै उद्देश्य यहाँको बजारलाई अझ प्रवद्र्धन गर्नु रहेको बताइन् । उनले नेपालमा उत्पादन भएका सामग्रीलाई बजार बिस्तार गर्नका लागि महोत्सव महत्वपूर्ण हुने बताइन् ।
“महोत्सवको एउटै उद्देश्य छ, त्यो भनेको यहाँको बजारलाई अझ प्रवद्र्धन गर्नु रहेको छ । सँगै नेपालमा उत्पादन भएका सामग्रीलाई बजार बिस्तार गर्नका लागि पनि यो महोत्सव एकदमै महत्वपूर्ण छ । त्यसकारण पनि आजको यो महोत्सवमा धेरै भन्दा धेरै व्यवसायीहरुले आफ्नो व्यवसाय बजारसम्म जोड्न ठाउँ पाओस् । कुनै न कुनै हदमा यो व्यवसाय संघले आफ्नो व्यवसाय फस्टाउन महोत्सव गरिएको छ । त्यो विस्तृत रुपमा अघि बढोस् । नेपाली सामग्रीहरु, नेपालमै उत्पादन भएका सामग्रीहरु किनौँ, प्रोत्साहन गरौँ,” उनले भनिन् ।
उनले महोत्सवमा धेरै भन्दा धेरै व्यवसायीहरुले आफ्नो व्यवसाय बजारसम्म जोड्न पाउने बताइन् ।