१३ पुस २०८१, शनिबार

रास्वपा केन्द्रिय समितिको बैठक पुस १९, २० र २१ गते बस्ने

प्रकाशित मिति :  28 December, 2024 8:56 am


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिकाे बैठक यही पुस १९, २० र २१ गते बस्ने भएकाे छ । हिजाे सम्पन्न सचिवालयकाे बैठकले पुस १९, २० र २१ गते केन्द्रिय समितिको बैठक बस्ने निर्णय गरेकाे हाे ।

रास्वपाको सचिवालय बैठकले केन्द्रिय विभाग तथा आयोगमा सदस्यहरु मनोनित गरेको छ । बैठकले केन्द्रिय अनुशासन आयोगमा अधिवक्ता कमलप्रसाद पोखरेल र अधिवक्ता हरिचन्द्र भट्टराईलाई सदस्यमा मनोनित गरेको हो ।

बैठकका निर्णय सार्वजनिक गर्दै कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बैठकले केन्द्रिय संगठन विभागमा लम्जुङका धर्म केसी, गोपाल घिमिरे र विमल तिवारीलाई मनोनित गरिएको बताए ।

बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्याल र उपसभापति डा. स्वर्णिम वाग्लेले सामाजिक राजनीतिक परिस्थितिबारे समिक्षा प्रस्तुत गरेकाे जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !