पि.एल सिंहको निधनले देशलाई ठूलो क्षति पुगेको छ- सभापति देउवा
काठमाडाैँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँका महानगरपालिकाका पूर्वमेयर पि.एल सिंहको निधनले देशलाई ठूलो क्षति पुगेको बताएका छन् ।
शनिबार काठमाडौँमा पि.एल सिंहको १३ औं दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पि.एल सिंह कहिल्यै नथाक्ने र सधैँ सक्रिय हुने व्यक्ति रहेको भन्दै उनले स्व. सिंहले काठमाडौँवासीको सेवा महत्वका साथ समर्पित भएर गएको बताए ।
उनले जनताप्रति उत्तरदायी भएकाले नै स्व. सिंह आँखामा नबिझाउने व्यक्ति रहेको बताए । उनले स्व. सिंहले देखाएको बाटोमा हिड्नसके उनीप्रति सच्चा श्रद्धाञ्जली हुने पार्टीलाई अझ लोकप्रिय बनाउन मद्दत पुग्ने बताए ।
‘‘उहाँ कहिल्यै नथाक्ने, अत्यन्तै क्रियाशिल र सक्रिय व्यक्तिको रुपमा मैले लिएको छ । उनले गणेशमानजीको बलिदानलाई मात्रै होइन, काठमाडौँवासीहरुको सेवा पनि उहाँले महत्वका साथ समर्पित भएर गर्नुभयो‘‘, उनले भने ‘‘उहाँ मेहनती, लोकप्रिय, नेपाली काँग्रेसको काठमाडौँ महानगरपालिकाको मेयरमा उहाँमात्रै जित्नुयो । अहिलेसम्म हामीले अरुले जितेको छैन । जनताकाप्रति उत्तरदायी भएकाले उहाँ लोकप्रिय हुनुभएको हो ।‘‘
श्रद्धाञ्जली सभामा नेपाली काँग्रेसका नेता एवं उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ महानगरलाई यत्तिको बनाउन स्व. सिंहले खेलेकाे भुमिका अविष्मरणीय रहेको बताए । उनले स्व. सिंह नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने व्यक्ति रहेको पनि बताए ।