नेपाल संस्कृति र सभ्यताको देश हो-प्रधानमन्त्री ओली
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कला र संस्कृतिको ऐतिहासिक महत्व रहेको बताएका छन् । शनिबार काठमाडौँमा नेकपा एमाले काठमाडौँ महानगर कमिटीको तुच्चा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपालका मन्दिर शैलीहरुको महत्व पनि फरक फरक रहेको र महत्वपूर्ण रहेको बताए । उनले हजाराैँ वर्षअघिका कला, संस्कृति र सभ्यता नेपालको पहिचान भएको बताए । उनले नेपाल संस्कृति, सभ्यताको देश भएको बताए । नेपालका गीत, संगीत, वाद्यवादन, नृत्य कला आफनै ढंगले विकास भएको ओलीकाे भनाइ थियो ।
‘‘हाम्रा चाडहरु, हाम्रा संस्कृतिहरु अत्यन्त महत्वपूर्ण रहेका छन् । नेपालको कला, नेपालको संस्कृतिको अत्यन्तै ऐतिहासिक महत्व छ । हाम्रा मन्दिरहरु, मन्दिरका शैलीहरु, विभिन्न प्रकारका शैलीहरुको आफ्नै महत्व छ । आफ्नै इतिहास छ‘‘, प्रधानमन्त्री ओलीले भने, ‘‘हजारौँ वर्ष अघिदेखि हाम्रा कलाहरु स्थापित र प्रचलित छन् । विभिन्न देशबाट कला सिक्न मानिसहरु आउने गरेका छन् । यो कलाहरुको देश हो । संस्कृतिको देश हो । यहाँ गीत, संगीत, वाद्यवादन, नृत्य कला आफनै ढंगले विकास भएका छन् ।‘‘