सूर्योदय वोमी लघुवित्तले मृतक परिवारलाई विमा रकम प्रदान
दाङ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय वनगाउँले मृतक विमा सहयोग हस्तान्तरण गरेको छ ।
शाखाको केन्द्र नम्वर १०२ का सदस्य मञ्जु चौधरीको निधनपछि उनका श्रीमान कमलेस चौधरीलाई १ लाख १० हजारको विमा रकमको चेक हस्तान्तरण गरेको शाखा प्रमुख भुवनेश्वर पार्धाले जानकारी दिए ।
आफ्ना सदस्यहरूको हितका लागि विमा सहयोग कार्यक्रमलाई निरन्तरता दिँदै आएको भन्दै शाखा प्रमुख पार्धाले सामाजिक उत्तरदायित्व र सदस्यहरूको वित्तीय सुरक्षालाई प्राथमिकतामा राख्दै लघुवित्तले विमा कार्यक्रम सञ्चालनमा ल्याएको जानकारी दिए ।
शाखा प्रमुख पार्धाको अध्यक्षता एवं समाजसेवी पर्शुराम चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले लघुवित्त संस्थाले वित्तीय सुरक्षाका लागि संस्थाले खेलेको भूमिका प्रशंसनीय रहेको बताए ।
विपद्को अवस्थामा पनि सदस्यहरूको संरक्षणमा संस्थाले महत्वपूर्ण भूमिका रहेको भन्दै वक्ताहरुले संस्थाले सदस्यहरूलाई मात्र नभई स्थानीय समुदायलाई समेत लाभ पु¥याउने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका थिए ।
उक्त अवसरमा बोल्दै शाखा प्रमुख भुवनेश्वर पार्धाले सदस्यहरूको जीवनस्तर सुधारका लागि संस्थाले आगामी दिनमा थप प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
लघुवित्तका विभिन्न शाखामार्फत् सदस्यहरूको वित्तीय सुरक्षा र जीवनस्तर सुधार गर्ने कार्यक्रमलाई निरन्तर रुपमा सञ्चालन गर्दै आएको भन्दै शाखा प्रमुख पार्धाले आगामी दिनमा पनि यस्ता कार्यक्रमको दायरा बढाउँदै लैजाने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा मृतकका श्रीमान कमलेश चौधरी, संस्थाका कर्मचारी दीर्घराज जोशीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।