युवा बिना कुनैपनि राजनीतिक दलहरू अघि बढ्न सक्दैनन्ः सभापति देउवा
प्रकाशित मिति : 29 December, 2024 5:08 pm
काठमाडाैँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युवा बिना कुनैपनि राजनीतिक दलहरू अघि बढ्न नसक्ने बताएका छन् ।
आइतवार काठमाडौँमा पार्टी निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन केन्द्रिय निर्देशन समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनैपनि राजनीतिक दलमा युवा पुस्ता नभएसम्म पार्टी अघि बढ्न नसक्ने बताएका हुन् ।
उनले खेलकुदमा युवाहरू बढी हुने भएकाले काँग्रेसले युवासँग जोडिन खेलकुद क्षेत्रलाई बढी प्राथमिकता दिनुपर्ने बताए । उनले खेलकुद स्वस्थ शरीरका लागि महत्वपूर्ण रहेको बताए । ओलम्पिक कमिटीको विवादमा सर्वोच्च अदालतले मानेको रुक्मसमशेर राणाहरु मिलेर बनाएको कमिटीलाई मान्नुपर्ने र लागू गर्नुपर्ने बताए । सभापति देउवाले खेलकुद जगतलाई नेपाली काँग्रेसले सहयोग गर्ने प्रतिवद्धता जनाए ।