१७ पुस २०८१, बुधबार

नेपाल र श्रीलंकाबिचको  कुटनीतिक सम्बन्धलाई थप उचाईमा पुर्‍याउने काम गर्छुः पूर्णबहादुर नेपाली

प्रकाशित मिति :  29 December, 2024 5:33 pm


काठमाडाैँ । श्रीलंकाका लागि प्रश्तावित राजदुत पूर्णबहादुर नेपालीले आफू राजदुत बनेसँगै नेपाल र श्रीलंकाबिचको कुटनीतिक सम्बन्धलाई थप उचाईमा पुर्‍याउने गरी जिम्मेवारीपूर्वक काम गर्ने बताएका छन् ।

आइतवार सिंहदरबारमा बसेको समिति बैठकमा आफ्ना कार्ययोजना प्रस्तुत गर्दै नेपालीले यस्तो बताएका हुन् । बैठकमा संसदीय सुनुवाइको क्रममा प्रस्तावित राजदुत नेपालीले विश्व समुदायमा नेपालको  प्रतिष्ठा तथा गौरवमय छवि रहेको बताउँदै आफू जिम्मेवार भएर राष्ट्रको हित हुने काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले नेपाल र श्रीलंकाबिचको  कुटनीतिक सम्बन्धलाई थप उचाईमा पुर्‍याउँदै आर्थिक समृद्धिको ढोका खोल्न लागिपर्ने बताए ।उनले नेपालको संविधान परराष्ट्र नीतिलाई पूर्ण रुपमा पालना गर्ने बताए । उनले बौद्ध दर्शनको बिस्तारका लगि आफू लागिपर्ने बताए । नेपालमा भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी रहेको उल्लेख गर्दै प्रचुर अवसर र सम्भावना रहेको बताए ।

उनले आफू लुम्बिनीलाई ध्यान तथा मेडिटेसनको केन्द्रको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले नेपालको पर्यटन प्रवद्र्धनका लागि बुद्धका योगदानहरुबारे जानकारी गराउँदै सुझबुझका साथ काम गर्ने बताए । नेपालीको नाम गणतन्त्र माल्दिभ्सको गैरआवासीय नेपाली राजदुतमा समेत अनुमोदन भएको छ ।



प्रतिक्रिया दिनुहोस !