२ माघ २०८१, बुधबार

बिआरआईअन्तर्गत ऋण लिनै हुँदैन भन्नु थोत्रो अवधारणा हाेः झलनाथ खनाल

प्रकाशित मिति :  1 January, 2025 3:51 pm


काठमाडाैँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बेल्ट एण्ड रोड एनिसिएटिभ (बिआरआई) परियोजनाअन्तर्गत ऋण लिनै हुँदैन भन्नु थोत्रो अवधारणा भएको टिप्पणी गरेका छन् ।

बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले बीआरआई फ्रेमवर्क एग्रिमेण्ट गरेकाे भन्दै अब बिआरआई परियोजनाअन्तर्गत नयाँ योजनाहरु ल्याउन सकिने सम्भावनाहरु रहेको बताए । उनले अझै गहन छलफल गरेर बौद्धिक व्यक्तिका सुझाव लिएर देशको हितमा योजनाका प्रश्तावहरु चीनसँग लैजानुपर्ने बताए।

उनले ऋण लिनै हुँदैन, अनुदान मात्रै लिनुपर्छ भन्नु थोत्रो र चिन्तन गर्न नस्क्ने, भिजन क्रिएट गर्न नसक्ने अवधारणा रहेको बताए । यस्तो अवधारणा ल्याउनु देशको राष्ट्रिय आवश्यकतालाई बुझ्न नसक्ने मानिसहरुको कुरा मात्रै भएको बताए । सम्मानित नेता खनालले नेपालमा बिआईआई परियोजनाका बारेमा भ्रमहरु फैल्याइएको बताए ।पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन जरुरी नरहेको बताए ।



प्रतिक्रिया दिनुहोस !