सत्तामा रहेकाहरू नै बाहिरि हस्तक्षेप निम्त्याउने उपकरण बनेको भीम रावलको आरोप
प्रकाशित मिति : 1 January, 2025 4:02 pm
काठमाडाैँ । नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले सत्तामा रहेकाहरु नै बाहिरी हस्तक्षेप निम्त्याउने उपकरण बनेको आरोप लगाएका छन् ।
एमालेको कारबाहीपछि अगामि राजनीतिक यात्राबारे जानकारी दिन बुधवार काठमाडाैँमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले ठूला भनिएका दलहरु सिद्धान्तहिन, गन्तव्यहिन र आधारहिन बाटोमा लागेको बताएका हुन् ।
उनले देशको चित्कार र जनताको पीडामा ध्यान दिनुको साटो देशव्यापी भ्रष्टाचार र ठूला काण्डमा नेतृत्वमा रहेकाहरु नै संलग्न रहेका घटनाहर एकपछि उदांगो भइरहेको बताए । उनले राजनीतिक पद, धन र नियतलाई स्वार्थपूर्तिको माध्याम बनाइएको आरोप लगाए ।
नेता रावललाई पुस १० गते एमाले सचिवालय बैठकले पार्टीको साधारण सदस्यसमेत नरहनेरी निष्कासन गरेको थियो ।