एमाले प्युठानले छान्यो ९ पालिका र ६४ वडामा सर्वसम्मति नेतृत्व
दाङ । नेकपा (एमाले) प्युठानले पालिका र वडा अधिवेशन सम्पन्न गरेको छ । जिल्लाका नौवटा पालिका र ६४ वडाका अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गरेको पार्टी पोलिटव्युरो सदस्य तथा जिल्ला इञ्चार्ज सूर्य थापाले जानकारी दिए ।
प्युठान नगरपालिकाबाट पालिका अधिवेशन सुरु गरेका प्युठानले सबै पालिका र वडा कमिटीमा सौहार्दपूर्वक वातावरणमा नेतृत्व चयन गरेको छ । गत चैत ३० गते पार्टी पोलिटव्युरो सदस्य तथा जिल्ला इञ्चार्ज प्रतिनिधिभा सदस्य सूर्य थापाले उद्घाटन गरेको प्युठान नगरपालिका कमिटीको विशेष अधिवेशनले गिरूप्रसाद भण्डारीको अध्यक्षतामा ५५ सदस्यीय नगर कमिटी चयन गरेको थियो ।
कमिटीको अध्यक्षमा ध्रुव जिसी, सचिवमा पार्वता आचार्य, उपसचिवमा माधव पराजुली र विनायक थापा चयन रहेका छन् ।
त्यस्तै गत मंसिर ८ गते सम्पन्न झिमरुक गाउँपालिका अधिवेशनबाट पदमबहादुर खड्काको अध्यक्षतामा अध्यक्ष सर्वसम्मत नेतृत्व चयन भएको थियो ।
जसको उपाध्यक्षमा रामचन्द्र भण्डारी, सचिवमा निमबहादुर सुनार, उपसचिवमा मेखबहादुर नेपाली र वसन्त बस्नेत रहेका छन् । अधिवेसनको उद्घाटन पोलिटव्युरो सदस्य तथा जिल्ला इञ्चार्ज प्रतिनिधिभा सदस्य सूर्य थापाले उद्घाटन गरेका थिए ।
त्यस्तै गत मंसिर १० गते सम्पन्न सरूमारानी गाउँपालिकाको अधिवेशनले वसन्त जिसीको अध्यक्षतामा उपाध्यक्ष उमबहादुर खाम्चा, सचिव टीकाराम पल्ली, उपसचिव वसन्ता खड्का र भीम मर्साङ्गी मगरलाई चयन गरेको थियो ।
त्यस्तै मंसिर १२ गते सम्पन्न माण्डवी गाउँपालिकाको अधिवेशनबाट हेमराज अधिकारी अध्यक्ष, सरिता थापा उपाध्यक्ष, धनेन्द्र कार्की सचिव, शरद बस्नेत र केशरा खत्री उपसचिव रहेको नयाँ नेतृत्व सर्वसम्मतिले चयन गरेको छ ।
त्यस्तै मंसिर १३ गते सम्पन्न गौमुखी गाउँपालिकाको अधिवेशनले जुमानसिहं जिसी अध्यक्ष, विक्रम मल्ल उपाध्यक्ष, पदम केसी सचिव, मसिना केसी र उपेन्द्र खड्का उपसचिव रहेको ४५ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मतिले चयन गरेको छ ।
त्यस्तै मंसिर १४ गते सम्पन्न मल्लरानी गाउँपालिका कमिटीको अधिवेशनले नोमराज पौडेल अध्यक्ष, रामबहादुर थापा उपाध्यक्ष, प्रभात श्रेष्ठ सचिव, गंगाराम पौडेल र चेमा भण्डारी उपसचिव रहेको ४५ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मतिले चयन गरेको छ ।
त्यस्तै मंसिर १४ गते सम्पन्न नौबहिनी गाउँपालिकाको अधिवेशनले शेरबहादुर सेन ठकुरी अध्यक्ष, भीमबहादुर घर्ती उपाध्यक्ष, दलराज पुन सचिव, अञ्जु घिमिरे र जनक बुढा मगर रहेको ५८ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मतिले चयन गरेको छ ।
त्यस्तै मंसिर १५ गते सम्पन्न अधिवेशनले भरत राउत अध्यक्ष, टुकमान रोका उपाध्यक्ष, खिमप्रसाद पार्धे सचिव, जमुना भण्डारी र पशुपति श्रेष्ठ उपसचिव रहनुभएको ४५ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मतिले चयन गरेको छ ।
त्यस्तै पुस १३ गते सम्पन्न ऐरावती गाउँपालिका कमिटीको अधिवेशनले टीकाबहादुर गुरूङ अध्यक्ष, कमला ज्ञवाली उपाध्यक्ष, नारायणबहादुर थापा सचिव र हिमबहादुर रास्कोटी सचिव रहेको नयाँ नेतृत्व सर्वसम्मतिले चयन भएको छ ।
अधिवेशन उद्घाटन गर्दै पार्टी पोलिटव्युरो सदस्य तथा जिल्ला इञ्चार्ज प्रतिनिधिभा सदस्य सूर्य थापाले पार्टी निर्माणमा जुट्न नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । एमालेका नेता कार्यकर्ताहरु जनताको सुखदुःखमा सँगै रहनुपर्ने भन्दै पालिटब्यूरो सदस्य थापाले सोहीअनुरुप लाग्न कमिटीलाई निर्देशन दिएका थिए ।
यस्ता छन् वडाकमिटीका नेतृत्वहरु
झिमरूक गाउँपालिका
वडा कमिटी अध्यक्षहरू
१. लीलबहादुर जिसी
२. नरेन्द्र खड्का
३. तुलबहादुर एमसी
४. जगतबहादुर थापा
५. हरिबहादुर जिसी
६. धनबहादुर पुन
७. इमानसिंह भण्डारी
८. नेत्रमान गिरी
प्युठान नगरपालिका
वडा कमिटी अध्यक्षहरू
१. गुणेन्द्रनाथ योगी
२. तुलसिंह खड्का
३. रविन्द्र खड्का
४. महेश्वरबहादुर केसी
५. लोकबहादुर पुन
६. टीकाबहादुर थापा
७. शेषमडि भट्टराई
८. पदमबहादुर थापा
९. शिवबहादुर केसी
१०. डिलाराम सुवेदी
गौमुखी गाउँपालिका
वडा कमिटी अध्यक्षहरू
१.चोकबहादुर पुन
२.यमानन्द थापा
३. टेकमान मल्ल
४. तुलबहादुर सुनार
५. नेगन कँवर
६. मोहन पुन
७. गोविन्द कुँवर
नौबहिनी गाउँपालिका
वडा कमिटी अध्यक्षहरू
१. चन्द्रमणि बुढामगर
२. मीनसिंह केसी
३. रमेश मल्ल
४. सालिमे घर्ती
५.कुलबहादुर केसी
६. विष्णु केसी
७. पुस्तबहादुर खड्का
८.रामु घिमिरे
स्वर्गद्वारी नगरपालिका
वडा कमिटी अध्यक्षहरू
१.हेमबहादुर पुन
२. बालाराम घर्ती मगर
३.मुक्तबहादुर रोकाया
४.पुनबहादुर खड्का
५. गुरूप्रसाद अधिकारी
६.डिलाराम कालाथोकी(पोखरेल)
७.हरिप्रसाद भुसाल
८.भीमसेन खत्री
९. गणेश शर्मा पौडेल
माण्डवी गाउँपालिका
वडा कमिटी अध्यक्षहरू
१.सहदेव गौतम
२. देवीराम पौडेल
३. डोरबहादुर पुन
४. हिमबहादुर पुन हिमाल
५. मानबहादुर खड्का
मल्लरानी गाउँपालिका
वडा कमिटी अध्यक्षहरू
१.झविन्द्रबहादुर राहुँ
२.माथवर केसी
३.डिलाराम पौडेल
४. रामप्रसाद श्रेष्ठ
५. भोजबहादुर थापा
सरूमारानी गाउँपालिका
वडा कमिटी अध्यक्षहरू
१.डालबहादुर रायमाझी
२.अमर गुरूङ
३. बेदबहादुर पुन
४. हुमबहादुर थापा
५. घनश्याम सारू मगर
६. नमबहादुर उलुङ्गे मगर
ऐरावती गाउँपालिका
वडा कमिटी अध्यक्षहरू
१.उमबहादुर राना
२.पदमप्रसाद पाण्डे
३. शेरबहादुर सुनार
४. दीपक सापकोटा
५.अनिल पुन
६. डिलबहादुर राउत